Saturday, April 11, 2015

History

नेपाल मगर संघको उदय

इतिहास केलाउने हो भने काठमाडौँमा वि.सं . २०१२ बैशाख २६ गते स्थापना भएको “मगर समाज सुधार संघ” बाट “नेपाल मगर संघ” सुरुवात भएको थाहा पाउन सकिन्छ | मगर इतिहासकार नर बहादुर थापाले आफ्नो पुस्तक “किरात मगर इतिहास” (२०६७) पाना नं. ७८ मा “मगर समाज सुधार संघ ” २०१२ बैशाख २५ गते काठमाडौँमा स्थापित भएको थियो भनेर उल्लेख गर्नुभएको छ | त्यस्तै उमेश रानाको लेखमा पनि २०१२ सालमा टेवाहल नरदेवीमा “मगर समाज सुधार संघ” को कार्यालय खुलेको थियो भनेर उल्लेख गर्नुभएको छ | अत: नेपाल मगर संघको इतिहास वि. सं. २०१२ साल २६ गते देखि सुरु भएको हो | यसै कारणले गर्दा आदिवासी जनजातिहरुको सामाजिक संघ संस्थाहरु मध्ये सबैभन्दा पुरानो संस्था “नेपाल मगर संघ” को नाम गणना गर्ने गरिएको छ | (FOR MORE please visit official website)

No comments:

Post a Comment