Saturday, April 11, 2015

Introduction

Nepal Magar Sangh Kathmandu is the child organization of Nepal Magar Association. Located in Chakrapath (Ktm) NMA kathmandu is the active organization for conserving and encouraging culture religion of Magar Cast in Nepal and through out the world. (FOR MORE please visit official website)

History

नेपाल मगर संघको उदय

इतिहास केलाउने हो भने काठमाडौँमा वि.सं . २०१२ बैशाख २६ गते स्थापना भएको “मगर समाज सुधार संघ” बाट “नेपाल मगर संघ” सुरुवात भएको थाहा पाउन सकिन्छ | मगर इतिहासकार नर बहादुर थापाले आफ्नो पुस्तक “किरात मगर इतिहास” (२०६७) पाना नं. ७८ मा “मगर समाज सुधार संघ ” २०१२ बैशाख २५ गते काठमाडौँमा स्थापित भएको थियो भनेर उल्लेख गर्नुभएको छ | त्यस्तै उमेश रानाको लेखमा पनि २०१२ सालमा टेवाहल नरदेवीमा “मगर समाज सुधार संघ” को कार्यालय खुलेको थियो भनेर उल्लेख गर्नुभएको छ | अत: नेपाल मगर संघको इतिहास वि. सं. २०१२ साल २६ गते देखि सुरु भएको हो | यसै कारणले गर्दा आदिवासी जनजातिहरुको सामाजिक संघ संस्थाहरु मध्ये सबैभन्दा पुरानो संस्था “नेपाल मगर संघ” को नाम गणना गर्ने गरिएको छ | (FOR MORE please visit official website)